Advertisement

कस्तो हुनेछ ? तुला राशिका निमित्त २०७७ साल || Yearly Prediction of Tula Rashi (Libra) || उपाय समेत

कस्तो हुनेछ ? तुला राशिका निमित्त २०७७ साल || Yearly Prediction of Tula Rashi (Libra) || उपाय समेत यो #तुला_राशि (#Libra )का जातकका लागि #नयाँवर्ष_२०७७ कस्तो रहने भनी प्रत्यक्ष (लाइभ) कार्यक्रममा विश्लेषण गरिएको भिडियो हो । यसमा बताइएको विषयवस्तुले तुला राशि भएका जुनसुकै लग्नमा जन्मिएका व्यक्तिहरूउपर प्रभाव पार्ने सम्भावना हुन्छ भने आफ्नो जन्मकुण्डलीमा #तुला_लग्न भएका जातकका लागि पनि यो प्रभावकारी रहनेछ ।
शुक्र ग्रहको स्तुति गर्ने मन्त्र :-
शुक्रो भार्गवगोत्रजः सितनिभः प्राचीमुखः पूर्वदिक्
पञ्चाङ्को वृषपस्तुलाधीपमहाराष्ट्राधीपोदुम्बुरः ।।
इन्द्राणीमघवानुभौ बुधशनी मित्रेर्कः चन्द्ररिपू
षष्ठोद्विर्दशवर्जितो भृगुसुतः कुर्यात्सदा मङ्गलम् ।।

सेतो रङ्ग भएका, वृष र तुला राशिका मालिक, गोचरमा नवौं र पाँचौं स्थानमा शुभफल तथा दोस्रो, छैठौं र दसौं स्थानमा अशुभफल प्रदान गर्ने, बुध र शनि मित्र भएका, सूर्य र चन्द्रमा शत्रु हुने, महाराष्ट्रदेशमा उत्पन्न, इन्द्र र शची अधिदेवता हुने, ग्रहसभामा पूर्वदिशामा विराजमान, पूर्व दिशाका मालिक, डुमरीको समिधा प्रयोग हुने, पूर्वमुखका भार्गवगोत्र भएका शुक्रले हामीलाई माङ्गल्य प्रदान गरून् ।।
सूर्यअनुसार फल जेठ, असोज र माघ महिना कमजोर, साउन, भाद्र, पुस र चैत्र शुभ

शुक्र बक्री रहने छ - बैशाख २६ देखि असार ०६ गतेसम्म ।। अस्त (जेठ १७ गतेदेखि २६ गतेसम्म, अर्को पटक माघ ३० गतेदेखि वर्षान्तसम्म)


भ्रमण
बृष राशिमा सुरुदेखि साउन १७ गतेसम्म
मिथुन राशिमा भाद्र १५ गतेसम्म
कर्कट राशिमा असोज ११ गतेसम्म
सिंहमा कार्तिक ०६ गतेसम्म
कन्यामा मंसिर ०२ गतेसम्म
तुलामा मंसिर २५ गतेसम्म
बृश्चिक राशिमा पुस १९ गतेसम्म
धनु राशिमा माघ १४ गतेसम्म
मकर राशिमा फाल्गुन ०७ गतेसम्म
कुम्भ राशिमा चैत्र ०३ गतेसम्म
मीन राशिमा चैत्र २६ गतेसम्म
त्यसपछि वर्षान्तसम्म मेष राशिमा

जगल्लग्न परेको छ दोस्रो भावमा फल । जगल्लग्नको मालिक मंगल र शनिश्चर चौथो भावमा बसेको छ ।
घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । विपरीत परिस्थितिलाई संयमतापूर्वक सामना गरिनेछ । आम्दानीका मार्ग बढ्ने छन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ । परिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । विपरीत लिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महंगा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ । घरायसी सुखसुविधा बढाउने भौतिक सामाग्रीका निम्ति धनव्यय हुनेछ । घरायसी नातागोताका व्यक्तिहरूको जमघट हुनेछ ।

शुक्र ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
शुक्र ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - महालक्ष्मी/विष्णु भगवान्
वैदिक मन्त्र – ॐ अन्नात्परिस्रुतो रसं ब्रह्मणा क्षत्रं पयः सोमं प्रजापति । ऋतेन सत्यमिन्द्रियं वियान ℧ शुक्रमन्धस इन्द्रस्येन्द्रियमिदं पयोऽमृतं मधु ।।
पौराणिक मन्त्र – ॐ हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरूम् ।। सर्व शास्त्रप्रवक्तारं भार्गवं प्रणमाम्यहम् ।।
शुक्र गायत्री मन्त्र – ॐ भृगुराजाय विद्महे दिव्यदेहाय धीमहि तन्नो शुक्रः प्रचोदयात् ।।
तन्त्रोक्त मन्त्र – ॐ द्रां द्रीं दौं सः शुक्राय नमः ।
लघु बीज मन्त्र – ॐ शुं शुक्राय नमः ।
शुक्र ग्रहलाई अर्घ्य दिने मन्त्र – भार्गव करुणासिन्धु ज्ञानगम्य सुतप्रद । गृहाणार्घ्यं मया दत्तं शुभ्रांशो ! शुक्लभूषणः ॥
जप संख्या – ११०००
रत्न – शुक्र ग्रहका लागि हीरा वा अोपल (हीरा कम्तीमा २ क्यारेट र अोपल कम्तीमा ७ क्यारेट) चाँदी वा श्वेतस्वर्ण (White-Gold) मा जडान गरी दाहिने हातको कान्छी औंलामा धारण गर्ने प्रचलन छ ।
दानसामाग्रीहरू :– चाँदी, चामल, सुन, दूध, दही, सेतो कपडा, सेतो घोड़ा, सेतो फूल, सेतो फल, सुगन्धित पदार्थ, दक्षिणा ।

धर्मसंस्कृति,ज्योतिषसाथी,कृष्ण गुरु,कृष्ण कोइराला,कृष्णप्रसाद कोइराला,Dharma Sanskriti,Jyotish Sathi,Krishna Prasad Koirala,Krishna Koirala,Krishna Guru,Tula Rashi,Tula 2077,Tula 2020,Tula 2021,Barshik Tula,Barshik Rashiphal,Yearly Horoscope,तुला राशि,तुला राशि २०७७ साल,तुला राशि २०२०,वार्षिक राशिफल,नयाँ वर्ष २०७७,

Post a Comment

0 Comments